LISTEN LIVE RADIO

क्याम्पसमा रोपे विद्यार्थीहरुले फलफूलको बिरुवा



क्याम्पसमा रोपे विद्यार्थीहरुले फलफूलको बिरुवा

लालमटिया २० साउन । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरुले शुक्रवार क्याम्पस परिसरमा फलफूलका बिरुवा रोपेका छन् ।

विविएस र विएड पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयको १२ कठ्ठा जग्गामा विभिन्न प्रजातीका फलफूलका बिरुवा रोपेका हुन् । क्याम्पस परिसरलाई हराभरा बनाउन तथा वातावरण सफा स्वच्छ पार्न फलफूलको बिरुवा रोपिएको क्याम्पस प्र्मख विष्णुप्रसाद भुसालले जानकारी दिएका छन् । सो अवसरमा क्याम्पस प्रमुख विष्णुप्रसाद भुसाल, प्रध्यापकहरु, शिक्षक र विद्यार्थीहरु गरी ७० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे