LISTEN LIVE RADIO

राप्तीमा प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरूका लागि क्षमता विकास तालिम सुरु



राप्तीमा प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरूका लागि क्षमता विकास तालिम सुरु

मसुरीया १२ असार । प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरूका लागि क्षमता विकास तालिम आइतवार देखि राप्ती गाउँपालिकामा सुरू भएको छ । राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजनामा तालिम सुरु भएकाे हाे ।

तालिमकाे उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका थिए । साे अवसरमा  सामाजिक विकास समितिका संयोजक पहलवान चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल रहेका थिए ।

पहिलो दिनको प्रशिक्षकमा राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख  विश्वास विक र कल्पना बेल्बासेले गरेका थिए । तलिममा ३९ जना शिक्षकहरूको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे