LISTEN LIVE RADIO

दुई नेपाली युवती भारतको जंगलमा बलात्कृत, चार जना माथि निर्घात रुपमा कुटपिट



दुई नेपाली युवती भारतको जंगलमा बलात्कृत, चार जना माथि निर्घात रुपमा कुटपिट

देउखुरी १३ असार । २ नेपाली युवती भारतको जंगलमा बलात्कृत भएका छन् । आइतवार विहान ११ बजे भारतको बलरामपुर जिल्लाको मनीपुर बजार क्षेत्रमा रासन किन्न भनि हिडेका राजपुर गाउँपालिका वडा नम्बर ६ का निवासी नाम परिवर्तन सिता घर्ती र सिमा नेपालीलाई केही भारतीय युवाहरुको समुहले बलात्कार गरेको सीमा प्रहरी चौकी खांग्रानाकाले जनाएको छ । प्रत्येक आइतवारको दिन भारतको मनीपुरमा हाटबजार लाग्ने गर्छ ।

सोही दिने अविवाहित युवती पाचजना र एकजना विवाहित गरेर छ जना महिलाहरु नेपालबाट मनिपुर बजारमा रासन किन्न भनि जाने क्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रको दक्षिण तर्फको जंगलमा रुखमा डोरीले बाधेर भारतीय युवाहरुको समुहले बलात्कार गरेको कुरा बाहिरीएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रको दशगजा देखि करिब चार किलोमिटरको भारतीय जंगलमा दुइ नेपाली युवती बलात्कृत भएको बुझिएको छ । उनिहरुसंग गएको अन्य चारजना महिलालाई कनचटमा पेस्तोल ताकेर तिमीहरु बोल्यौ भने गोली हानेर मार्दिन्छु भनेर धम्काउदै कुटपिट गरेर गम्भिर घाइते बनाएको बुझिएको छ । ती युवकहरुले छजना महिलाहरुको सुनको सिक्री, नाकमा लगाउने फुली, केही भारतीय रुपैया र छवटा मोबाइल समेत लुटपाट गरेको खुल्न आएको छ ।

महिलाहरुको हात, गाला, ढाडमा गम्भिर घोट लागेर सुम्ला उठेको छ भने लौराले साप्रामा निलो डाम बस्ने गरि कुटपिट गरेर गम्भिर घाइते बनाइएको बुझिएको छ । अहिले सीमा प्रहरी चौकी खांग्रानाका इञ्चार्जको कमाण्डामा स्थानीय बलात्कृत दुइजना युवतीहरु र अन्य चारजना घाइते महिलाहरुलाई औषधिको लागि भारतीय अस्पतालमा लगिदैछ । थप विवरण भने आउन बाकी रहेको छ । यस्तै हरैया थानाका अनुसार उक्त कार्यमा संलग्न पाँचजना मध्य चारजना पक्राउ गरिएको बुझिएको छ । उनिहरू माथि थप अनुसन्धान भइरहेको हरैया थानाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे