LISTEN LIVE RADIO

नवनियुक्त मन्त्रीको सपथ सोमबार बिहान ११ बजे हुने



नवनियुक्त मन्त्रीको सपथ सोमबार बिहान ११ बजे हुने

काठमाडौं १२ असार। नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय श्रोतले ११ बजेका लागि सपथको तयारी भएको जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका मन्त्रीको हेरफेर गरेका थिए ।जस अनुसार एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे