लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीको घटना छानबिन गर्न प्रदेशको टोली दाङकाे तुलसीपुरमा



लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीको घटना छानबिन गर्न प्रदेशको टोली दाङकाे तुलसीपुरमा

दाङ ८ असार । एक महिला र उनकी नाबालक छोरीलाई घर भित्रै प्रबेश गरि कुटपिट गरेपछि बिबादित बनेकी लुम्बिनीकी स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री बिमला वलीमाथि छानबिन गर्न गठित कार्यदलका पदाधिकारीहरु तुलसीपुरमा आएका छन् ।

जेठ ३१ गते बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीकी मीना भण्डारी बस्नेत र उनकी नाबालक छोरीमाथि राज्य मन्त्री वलीले घर भित्र पसेर कुटपिट गर्नुका साथै सामान फालेको आरोप लागेको छ ।

उक्त घटना बाहिरिएपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मासहितको टोली असार ७ गते बेलुका घटना अध्यनका लागि तुलसीपुर आएको छ । प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद बैठकले राज्य मन्त्री वलीमाथि लागेको आरोपबारे सत्य तथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो ।

त्यस कार्यदलमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन् । घटना लगतै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । सोही दिन राति नै मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा राज्य मन्त्री वलीलाई बुटवल पु¥याइएको थियो ।

त्यसपछि वलीको स्वास्थ्यमा समस्या आएको भन्दै सोही दिन मध्य रातिदेखि नै उनी लुम्बिनी प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन । आँफु र छोरी माथि भएको दुब्र्यबहार तथा कुटपिट पछि पीडित मीना बस्नेतले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन ।

घरभित्र पसेर आफू र छोरीमाथि कुटपिट भएको तथा दराज फोरेर लत्ताकपडा फाल्ने र च्यात्ने गरेको हुँदा राज्यमन्त्री वलीमाथि कारबाहीको माग मीनाले गरेकी छिन ।
गत भदौमा मीनाका श्रीमान तथा वाइसिएलका नेता एकराज बस्नेत र राज्य मन्त्री वली बीचको प्रेम सम्बन्ध रहेको कुरा सार्वजनिक भएको थियो ।
यद्यपी पछिल्लो समय राज्य मन्त्री वलीले आँफुले एकराजलाई सापटी बाफत दिएको रकम लिन उनको घरमा जाँदा आँफुलाई षडेन्त्र पूर्वक फसाउन खोजेको भन्दै बचाउ गर्दै आएकी छन् ।

झण्डावाल गाडीसहित आफ्नो बडी गार्डसहित पुगेकी राज्य मन्त्री वलीले त्यहाँ एकराजलाई फेला नपारेपछि उनकी श्रीमति र छोरीमाथि दुब्र्यबहार गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे