देउखुरीकाे माैरीघाटमा माेटरसाइकल एक आपसमा ठाेकिदा दुई जना गम्भिर घाइते



देउखुरीकाे माैरीघाटमा माेटरसाइकल एक आपसमा ठाेकिदा दुई जना गम्भिर घाइते

भालुवाङ ८ असार । देउखुरीकाे माैरीघाटमा दिउँसाे दुई वटा माेटरसाईकल एक आपसमा ठाेकिदा दुई जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ गईरहेकाे रा ४ प ८८१७ नम्बरकाे माेटरसाइकल र प्रदेश २-०३-०२१ प ०७०८ नम्बरकाे माेटरसाइकल आज बुधबार दिउँसाे करिब ४ बजेकाे समयमा एक आपसमा ठाेकिदा उक्त दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परी रा ४ प ८८१७ नम्बर माेटरसाइकल चालक राप्ती गाउँपालिका-२, कटेसनाला निवासी बर्ष १५ का साैगात परियार, साेही माेटरसाइकलमा सवार साेही ठाउँ निवासी बर्ष २० का हरिकृष्ण कुमाल, प्रदेश २-०३-०२१ प ०७०८ नम्बरका माेटरसाइकल चालक राप्ती गाउँपालिका-८ पिपरा निवासी बर्ष ३० का शुशिल चाैधरी र साेहि माेटरसाइकलमा सवार साेही ठाउँ निवासी बर्ष ३० कै चुडामणि चाैधरी घाइते भएकाे प्रहरी चाैकी मसुरियाका प्रहरी प्रमुख शत्रुधन उपाध्यायले जानकारी दिएका छन् ।

घाइते मध्ये दुई जनाकाे अवस्था गम्भिर रहेकाे छ । गम्भीर घाइते हुनेमा पिपराका चुडामणि चाैधरी र कटेसनालाका कृष्णहरि कुमाल रहेकाे प्रहरीले जनाएकाे छ । चुडामणिकाे बायाँ हात र बाँया आँखामा चाेट लागेकाे छ भने हरिकृष्णकाे निधार र नाकमा गम्भीर चाेट लागेकाे प्रहरीले जनाएकाे छ । घाइते सबैकाे माैरीघाट स्थित देउखुरी स्वास्थ्य क्लिनिकमा प्राथमिक उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएकाे प्रहरी चाैकी मसुरियाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे