निर्वाचित भएको दुई हप्तामै बबई गाउँपालिका उपाध्यक्ष विवादित, खड्का सहित छ जनालाई कारवाही गर्न माग



निर्वाचित भएको दुई हप्तामै बबई गाउँपालिका उपाध्यक्ष विवादित, खड्का सहित छ जनालाई कारवाही गर्न माग

दाङ १८ जेठ । पश्चिम दाङको बबई गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्का विवादित बनेकी छिन् । निर्वाचित भएको दुई हप्ता नवित्दै उनी नेपाली कांग्रेस पाटी भित्रबाट विवादित बनेकी हुन् ।

नेपाली कांग्रेसबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित खड्काले कार्यपालिका सदस्य निर्वाचनमा एमालेलाई सघाएको आरोप लगाउदै नेपाली कांग्रेस बबईले उपाध्यक्ष सहित ६ जनालाई कारबाहीको माग गर्दै जिल्ला पार्टी कार्यालयमा सिफारिस गरेको छ ।

गत जेठ १५ गते भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउदै उपाध्यक्ष खड्का सहित ६ जनालाई साधारण सदस्य नरहने गरी कारबाहीको माग गदै नेपाली कांग्रेस बबईले जिल्ला कार्यसमितिमा सिफारिस गरी पठाएको एक नेताले जानकारी दिए ।

स्थानिय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष खड्का सहित वडा नम्वर ३ की दलित महिला सदस्य मिनकुमारी विक, क्षेत्रिय प्रतिनिधि प्रशाराम भुषाल, क्रियासिल सदस्य सेवेन्द्र देवकोटा, क्रियासिल सदस्य नर वहादुर परियार, क्षेत्रिय प्रतिनिधि उर्मिला बस्याललाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गर्न माग गरिएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित ३७ जना निर्वाचित मध्ये कांग्रेसबाट अध्यक्ष उपाध्यक्ष सहित २० र एमालेबाट वडा अध्यक्ष सहित वडा सदस्य गरी १७ जनाले जितेका थिए । निर्वाचित जनप्रतिनिधिहरुको संख्यात्मक तुलनामा एमाले भन्दा कांग्रेसको धेरै भएपनि कार्यपालिका सदस्य निर्वाचनमा एमालेका उमेदवार निर्वाचित भएका छन् । जसले गर्दा बबई गाउँपालिकाको कार्यपालिकामा एमालेको बहुमत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे