भालुवाङमा २ करोड बढीक‍ो लगानीमा गार्डेन मार्ट खुल्यो, अब सवै सामान एउटै छानामुनी



भालुवाङमा २ करोड बढीक‍ो लगानीमा गार्डेन मार्ट खुल्यो, अब सवै सामान एउटै छानामुनी

भालुवाङ १४ जेठ । दाङको भालुवाङमा शिव शिखर  बहुउद्देश्यीय सहकारी संस्थाको २८ आैँ शाखा तथा १९ आैँ शाखाको रूपमा गार्डेन मार्ट डिमार्टमेन्ट स्टोर शनिबार देखि  सञ्चालनमा आएको छ ।

काैशलटार भक्तपुरमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी र गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएको हो ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा साढे २ करोडको लगानीमा निजी क्षेत्रबाट शिव शिखर  बहुउद्देश्यीय सहकारी संस्थाको शाखा  र गार्डेन मार्ट डिमार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएको संस्थाका सहायक मुख्य प्रबन्धक रमेश खाइजुले जानकारी दिएका छन् । 

यसै बिच सहकारी संस्था र गार्डेन मार्ट डिमार्टमेन्ट स्टोरको उद्घाटन समेत गरिएको छ । सहकारी संस्था र गार्डेन मार्ट डिमार्टमेन्ट स्टोरको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका छन् । 

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले निजी क्षेत्रबाट यति ठूलो लगानीमा सहकारी संस्था र डिमार्टमेन्ट सञ्चालनमा ल्याउनु खुसी कुरा भएको बताउँदै गाउँपालिकाबाट पनि यस्ता कार्यमा सधैव सहयोग रहने बताएका छन् ।

संस्थाका सहायक मुख्य प्रबन्धक रमेश खाइजुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चाैधरी, राप्ती उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष तथा उद्योगपती जगत प्रसाद पोख्रेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।भालुवाङ शाखा प्रबन्धक दानबहादुर थापाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन कर्मचारी भुमिका शर्माले गरेकी थिइन् ।

फरक- फरक सामान किन्न अब पसल पसल धाउन नपर्ने गरि एउटै छानामुनी घरायसीका सामानहरू खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ताकपडा, पेय पदार्थ, भान्साका सामान, गिप्ट आइटम र घरयासी सम्पूर्ण सामान पाइने संस्थाका सहायक मुख्य प्रबन्धक रमेश खाइजुले जानकारी दिएका छन् । यस्तै सहकारी संस्थाबाट बचत तथा ऋण सेवा प्रवाह , विभिन्न रेमिटान्स सेवा प्रवाह गर्ने बताइएको छ ।

संस्थाले यसअघि २७ ओटा शाखा खोलेर सेवा दिइरहेको छ । सहकारी संस्था र डिमार्टमेन्ट स्टोरमा ३२ जना स्थानीय युवा युवतीहरूले रोजगारी समेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे