LISTEN LIVE RADIO

लमही खानेपानी संस्थाद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बधाई



लमही खानेपानी संस्थाद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बधाई

लमही ११ जेठ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले लमही नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेको छ ।

संस्थाका अध्यक्ष जंग बहादुर चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख चौधरीले नगरबासीको घर घरमा चौबीसै घण्टा पानी पुर्याउन लमही खानेपानीलाई आग्रह गरे । शुद्ध स्वच्छ र चुनारहितको पानी वितरणमा ध्यान दिनु पर्ने नगरप्रमुख चौधरीको भनाई छ ।

जनताको घर घरमा पानी पुर्याउदा कुनै समस्या आए त्यो समस्याको समाधान गर्न लमही नगरपालिका तयार भएको भन्दै सफा स्वच्छ र चुना रहित पानी वितरणमा विशेष ध्यान दिनु पर्ने बताए ।

त्यस्तै नगर उपप्रमुख लक्ष्मी योगीले पानी नै जीवन हो भन्दै नगरबासीले पानी पाएनौ भन्ने गुनासो नआउन गरि सेवा गर्न आग्रह गरिन । लमही खानेपानीको धारा बिस्तार नभएका अन्य वडाहरुमा पनि अब नया कार्ययोजना बनाएर काम अगाडी बढाउनु पर्ने बताईन ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेल, २ का नेपालु चौधरी, ३ का मनोज कुमार चौधरी, ४ का सुबास न्यौपाने, ५ का ओम प्रसाद सुवेदी, ६ का श्यामनारायण चौधरी, ७ का मोहन गिरी, ८ का उमेश खड्का र ९ का भेषबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष जंगबहादुर चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सीता चौधरीले स्वागत र सहजीकरण बसन्त आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे