इप्रका भालुवाङका प्रहरी निरिक्षक शाहद्वारा मातहतका कार्यालय शाखाहरूको निरिक्षण



इप्रका भालुवाङका प्रहरी निरिक्षक शाहद्वारा मातहतका कार्यालय शाखाहरूको निरिक्षण

भालुवाङ ४ वैशाख । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक सुजनविक्रम शाहले आज मातहतका सम्पूर्ण शाखाहरूको निरिक्षण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट भर्खरै सरूवा भएर दाङ आएका शाहले मातहतका सम्पुर्ण शाखाहरूको अवलोकन गरेका हुन् ।

उनले कार्यालय अन्तरगतको ब्यारेक, कार्यालय कम्पाउण्ड लगायतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी, अधिकार, प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण, अनुचित लाभमा शुन्य सहनसिलता, प्रहरी कर्मचारीको सेवा सुबिधा लगायत विविध बिषयमा निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे