LISTEN LIVE RADIO

दाङको तुलसीपुर आपराधिक ट्राजिन्ट प्वाइन्ट बन्दै, दशैकाे टिका लगाउन ससुराली गएका एक युवकमाथि कुटपिट



दाङको तुलसीपुर आपराधिक ट्राजिन्ट प्वाइन्ट बन्दै, दशैकाे टिका लगाउन ससुराली गएका एक युवकमाथि कुटपिट

देउखुरी टुडेकर्मी, दाङ १२ कार्तिक ।

पछिल्लो समय दाङको तुलसीपुर आपराधिक ट्राजिन्ट प्वाइन्ट बन्दै गएको छ । दिनहूँ जसो तुलसीपुर क्षेत्रमा कुनै न कुनै आपराधिक घटनाहरु घट्काे समाचारहरु आइरहेको छ । लुम्बिनी प्रदेशको प्रदेश प्रहरी कार्यालय समेत रहेको तुलसीपुर क्षेत्रमा यसरी दिनहूँ यसरी आपराधिक घटना घटिरहनुलाई त्यहाँको सुरक्षा व्यवस्था माथि नै प्रश्न चिन्ह खडा भएको छ ।

यस्तै तुलसीपुरमा दशैकाे टिका लगाउन ससुराली गएका एक व्यक्तिमाथि कुटपिट भएकाे छ । तुलसीपुर १४ भोजपुर स्थित ससुराली आएका तुलसीपुर १३ तुईखोला निबासी ३५ बर्षका तुलसी नेपालीमाथि कुटपिट भएको हाे ।

मंगलबार राति भोजपुरका दुई जना  स्थानीयको कुटपिटबाट घाइते भएका नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । राति १२ बजे तिर स्थानीय प्रकाश चौधरी र निराजन चौधरीले लाठीले हानेर घाइते बनाएको प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेकोछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे