लमहीमा ३ दिनको अवधीमा ५ हजार बढी विद्यार्थीहरुले मोडर्ना खोप लगाए



लमहीमा ३ दिनको अवधीमा ५ हजार बढी विद्यार्थीहरुले मोडर्ना खोप लगाए

लमही १९ माघ । देउखुरीको लमहीमा विद्यार्थीहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउने कार्य जारी रहेको छ । यस क्रममा ३ दिनको अवधीमा ५ हजार बढी विद्यार्थीहरुले उक्त खोप लगाएको लमही नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

१२ बर्ष देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई पहिलो मात्रा खोप लगाइएको हो । नगरपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयका कुल ३५ वटा खोप केन्द्रबाट खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ शाखा खोप कार्यक्रम प्रमुख ठाकुर भट्टराईले जानकारी दिएका छन् ।

दक्ष जनशक्तिको अभाब भएकाले एकै पटक खोप लगाउन नसकिएको हो । गएको माघ १७ गते देखि सुरु गरिएको खोप अभियान आगामी माघ २१ गते सम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे