लमहीका विपन्न मुस्मिललाई जनता आवास मार्फत पक्की घर हस्तान्तरण



लमहीका विपन्न मुस्मिललाई जनता आवास मार्फत पक्की घर हस्तान्तरण

लमही ६ कार्तिक । लुम्बिनी प्रदेशका सांसद रेवतीरमण शर्माले लमही नगरपालिका वडा नं. ५ सुनखोली निवासी ईस्रार अहमद हलवाई र अयूव मुसल्वानलाई पक्की घर हस्तान्तरण गरेका छन् । जनता आवास कार्यक्रम मार्फत सांसद  शर्माले पक्की घर हस्तान्तरण गरेका हुन्।

गरिब विपन्न सधैं पिल्सिरहने अवस्था थियो । तर, अब गरिब विपन्नको लागि सरकारले हेर्छ भन्ने उदाहरण हो यो’प्रदेश सभा सदस्य शर्माले भने,‘सरकारले गरिब विपन्नलाइ हेर्छ । बस्ने सुरक्षित बाँस दिन्छ ।’

दाङ निर्वाचन क्षेत्र नम्बर १ (ख) मा अहिले सम्म ८८ ओटा घर निर्माण भएको छ । एउटा घर निर्माण गर्न प्रदेश सरकारले ३ लाख ३६ हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ । लाभग्राहीलाइ घर हस्तान्तरण गर्न अभियाननै थालिएको छ । घर धनिलाइ सम्मान गर्दै नयाँ घरमा गृह प्रवेश गराउने गरिएको छ । यस बर्षको दसैं धेरैले नयाँ पक्की घरमा मनाउन थालेका छन ।

घर हस्तान्तरण कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टी नेकपा लमही नगर सह–इञ्चार्ज नारायण डिसि छम्पाली, नेकपा जिल्ला सदस्य बिरबहादुर केसी, धुपनारायण चौधरी, डिलकुमार श्रेष्ठ, सनमकुमार पौडेल, ससिराम नेपाली, अजमल सिद्धिकी, गोपाल बिक, गौरव सिंह महरा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे