तुलसीपुरकाे राम्रीमा एम्बुलेन्स दुर्घटना, दुइ जना घाइते



तुलसीपुरकाे राम्रीमा एम्बुलेन्स दुर्घटना, दुइ जना घाइते

तुलसीपुर ६ कार्तिक । तुलसीपुरमा एम्बुलेन्स दुर्घटना हुँदाँ दुई जना घाइते भएका छन् । सल्यानको कपुरकोटबाट बिरामी छोडेर नेपालगञ्ज फर्किदै गरेको भे १ च ११७९ नम्बरको एम्बुलेन्स तुलसीपुर–३ राम्रीमा दुर्घटनामा परेको हो ।

घाइते हुनेमा चालक तुलसिपुर–१३ दमारगाउँ निबासी ४२ वर्षका ओम बहादुर बिक र बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोजी निबासी ३० बर्षका राकेश बस्नेत रहेका छन् ।

घाइते मध्ये चालकको अबस्था गम्भीर रहेको छ । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे