LISTEN LIVE RADIO

दाङमा अहिले सम्म कोरोनाका सक्रिय संक्रमित ६ सय नजिक



दाङमा अहिले सम्म कोरोनाका सक्रिय संक्रमित ६ सय नजिक

दाङ ६ कार्तिक। दाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ६ सय नजिक पुगेको छ । जिल्लाका १० स्थानीय तहमा अहिले सम्म ५ सय ९८ जना सक्रिय संक्रमित रहेको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले जनाएको छ । दश पालिकामध्ये सबैभन्दा धेरै घोराहीमा सक्रिय संक्रमितको संख्या रहेको छ ।

घोराहीमा २ सय ५८ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । यस्तै तुलसीपुर उपमहानगरपालिकामा १ सय ६०, लमही नगरपालिकामा १ सय ९८, बबई र राप्ती गाउँपलिकामा २०÷२० जना सक्रिय संक्रमित रहेको केन्द्रले जनाएको छ ।

यस्तै गढवा गाउपालिकामा ९ जना, शान्तिनगरमा ७, दंगिशरणमा ५, बंगलाचुलीमा ४ र राजपुरमा ३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित अधिकांश घरकै आइसोलेसनमा रहेको केन्द्रले जनाएको छ । अहिले जिल्ला ५ सय २१ जना होम आइसोलेसनमा रहेका छन् भने ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिले सम्म कुल संक्रमितको संख्या १ हजार ८ सय ४ पुगेको छ । जिल्लामा पछिल्लो तथ्यांक अनुसार १ हजार २ सय जना संक्रमणमुक्त भइसकेका छन् भने कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे