देउखुरीको मजगाउँमा खानेपानी आयोजनाको ६० प्रतिशत निर्माण कार्य पूरा



देउखुरीको मजगाउँमा खानेपानी आयोजनाको ६० प्रतिशत निर्माण कार्य पूरा

लमही २८ पुस । लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा निमार्णाधिन खानेपानी आयोजनाको ६० प्रतिशत निर्माणको काम पूरा भएको छ । संस्थाका सचिब सनमकुमार पौडेलका अनुसार पाइप लाइन बिस्तार ६० प्रतिशत र डिपबोरिङ निर्माण कार्य १ सय प्रतिशत पूरा भएको छ भने ओभरटंकीको पनि ६० प्रतिशत निर्माण कार्य पूरा भएको छ ।

२०७७ साल फागुन २९ गते देखि निर्माण कार्य सुरु भएको आयोजना २०७९ साल माघ महिनामा संम्पन्न गरेर उपभोक्ताहरुको घरघरमा खानेपानी पु¥याउने तयारी थालिएको छ । उक्त आयोजना निर्धारित समय भन्दा धेरै अगाडि संम्पन्न गरिदै छ ।

ठेकेदारले रात दिन काम गरिरहेका छन् । आयोजना अन्तरगत ओभरटंकी १, पाइपलाइन ७७ किलोमिटर, डिप बोरिङ २ वटा र १ वटा भबन बन्ने सम्झौता भएको छ । नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग, संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्ज र लमही खानेपानी आयोजना ३, ४, ६ र ८ को संयुक्त आयोजनामा उक्त कार्य हुने भएको हो । १० करोड ९८ लाखको लगानीमा उक्त कार्य पूरा हुने भएको हो । उक्त आयोजना सम्पन्न भएमा ६ हजार घरपरिवार लाभान्वित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे