स्कार्पियो दुर्घटनामा गम्भीर घाइते सुनारको उपचारका क्रममा निधन



स्कार्पियो दुर्घटनामा गम्भीर घाइते सुनारको उपचारका क्रममा निधन

लमही २५ पुस ।  दाङको देउखुरीमा स्कार्पियो दुर्घटनामा गम्भीर घाइते सिर्जना सुनारको आइतबार उपचारका क्रममा निधन भएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा लमही निवासी सुनारको आइतबार विहान शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यहि पुस २१ गते करिव २ बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही– भालुवाङ सडक खण्डको लमही नगरपालिका वडा नम्बर ३ र ४ को सिमानामा पर्ने बगैसोता खोलाको पुलमा ठोक्किएर दुर्घटना हुँदा सुनार गम्भीर घाइते भएकी थिइन्

२० वर्षिया सुनारकाे घरकाे आर्थिक अवस्था निकै कमजाेर भएका कारण उपचारमा निकै समस्या परेको थियोे । उपचारकाे अभावले अस्पतालकाे शैयामा छटपटाइ रहेकी सुनारकाे ज्यान बचाउन परिवारले अपिल समेत गरेकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे