देउखुरीको पहरूवामा नम्बर नखुलेको गाडीको ठक्करबाट एक वृद्धको मृत्यु



देउखुरीको पहरूवामा नम्बर नखुलेको गाडीको ठक्करबाट एक वृद्धको मृत्यु

सिसहनियाँ १७ पुस । दाङको देउखुरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । लमही- भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवामा नम्बर नखुलेको गाडीको ठक्करबाट एक वृद्धको मृत्युु भएको हो ।

गम्भीर घाइते भई सडकमा बेहोस भएको अवस्थामा स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले तत्काल लमही अस्पताल पुर्‍याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक वृद्धको पहिचान खुलेको छैन । भने ठक्कर दिने गाडीको खोजी कार्य भईरहेको प्रहरी चाैकी सिसहनियाँले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार शनिबार राति करिव ९:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गइरहेको मिनि ट्रकले ठक्कर दिएको हुन सक्ने बताएका छन् । यद्यपि यो विषयमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ । भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे