LISTEN LIVE RADIO

देउखुरीकाे राप्ती गाउँपालिकामा खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री सम्बन्धी छलफल



देउखुरीकाे राप्ती गाउँपालिकामा खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री सम्बन्धी छलफल

देउखुरी टुडेकर्मी, भालुवाङ ४ कार्तिक ।

खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा बिक्री बितरण विषयमा सरोकारवालावीच  छलफल गरिएको छ । राप्ती गाउँपालिकाको खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा बिक्री बितरण सम्बन्धी मापदण्ड २०७४ मा उल्लेख गरिए अनुसार काम भए नभएको बारेमा छलफल गरिएको हो ।

आम रुपमा असल उत्पादन अभ्यास अवलम्बन गरीे खाद्य पदार्थको स्वच्छता कायम राखी खाद्य पदार्थको व्यापार व्यवसाय गर्दा मानव उपभोग योग्य स्वस्थ, सुरक्षित, गुणस्तरयुक्त खाद्य पदार्थहरु तथा मासुजन्य पदार्थ उत्पादन, प्रशोधन, भण्डारण, ढुवानी तथाबिक्री वितरण गर्दा उपभोक्ताको हक हित संरक्षण र स्वास्थ्य रक्षा गर्न सरोकारवालाहरुवीच छलफल भएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती क्षेत्रका उद्योग बाणिज्य संघका प्रतिनिधि, होटल ब्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

छलफलमा गाउँपालिका भित्र खाद्य प्रशोधन उद्योग, पानी प्रशोधन उद्योग, बधशाला, माछा मासु प्रशोधन, मासु जन्य वस्तुहरुको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग, लेवलिङ्ग, फलफूल, तरकारी, होटल, रेष्टुरेन्ट, चमेना गृहबाट खाद्य पदार्थ बिक्री बितरण, आयात,निर्यात, भण्डारणलगायतका कार्य गर्ने व्यक्ति वा सस्थाले पसल तथा उद्योग स्थापना गर्दा गाउँपालिकामा दर्ता गरी प्रचलित कानुन बमोजिम अनुमति लिनुपर्ने ब्यवस्थालाई समेत कडाई गर्ने बारेमा छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।

छलफलमा स्थानीय रुपमा गाउँपालिकाका सबै प्रकारका खाद्य पदार्थको व्यापार व्यवसाय गर्ने तथा मासु प्रशोधन गरी बिक्री वितरण गर्ने व्यवसायीहरुका लागि पसलबाट खाद्य पदार्थ बिक्री वितरण तथा माछा मासु प्रशोधन, प्याकेजिङ्ग र वितरण के कसरी गरिएको छ र माछा मासु प्रशोधन तथा माछा मासु पसल प्रक्रिया, प्रशोधित मासुजन्य पदार्थ ढुवानी, खाद्य बस्तुको कच्चा पदार्थ, कच्चा तथा तयारी पदार्थको भण्डारण, भवन, कोठा तथा मेशिनरी औजार सरसफाइ र निसंक्रमण विधि, आगन्तुक र कर्मचारीहरुको सरसफाइ,होटेल रेष्टुरेन्टलगायतका खाद्य व्यवसायहरुको खाद्य स्वच्छताको मापदण्डका आधारहरुका बारेमा छलफल गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे