LISTEN LIVE RADIO

देउखुरीको खिमबहादुर शाह मावि कोलहीमा अध्यक्ष चयन गर्न सकस



देउखुरीको खिमबहादुर शाह मावि कोलहीमा अध्यक्ष चयन गर्न सकस

लमही २ पुस । देउखुरीको खिमबहादुर शाह माबि कोलहीमा सदस्य पदमा गठबन्धनबाट चार जना पदाधिकारी निर्बाचित भएर आएपनि अहिले अध्यक्ष पदमा लुछाचुडि सुरु भएको छ । हालै संम्पन्न भएको बिद्यालय व्यवस्थापन समितिको सदस्य पदमा नयाँ नेतृत्व आएपनि अहिले अध्यक्ष चयनमा सकस भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राजमो ,नेकपा समाजवादी लगायतको पार्टीको गठबन्धन थियो । अहिले अध्यक्षमा आ आफ्नो पार्टीका मान्छे राख्ने कशरथ सुरु भएको छ ।

एक थरिले पुरानै अध्यक्ष तिलक केसीलाई ल्याउनुपर्छ भन्दै आएका छन् भने अर्को पक्षले पुन भुतपुर्व अध्यक्ष कालुराम चौधरी लागि ल्याउनु पर्ने दबाब भएपछि दुई दिन देखि अध्यक्षको पद टुंगोमा पुर्‍याउन सकस भएको हो । उता विद्यालयका प्रअ शेरबहादुर डाँगीले भने अब दुई तीन दिन भित्र बैठक बसी निकास निकाल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे