LISTEN LIVE RADIO

राप्ती गाउँपालिकामा विविध कार्यक्रम गरी ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो



राप्ती गाउँपालिकामा विविध कार्यक्रम गरी ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

भालुवाङ १७ मंसिर । ३० औं अन्तर्राष्ट्रिय अपाङगता दिवस दाङ सहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ यसै क्रममा दाङ देउखुरीको राप्ती गाउँपालिकामा ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।राप्ती गाउँपालिकाको आयोजना तथा राष्ट्रिय अपाङ महासंघ लुम्बिनी प्रदेश र अपाङ मानव अधिकार एवम् सरोकार मञ्च घोराही दाङको समन्वयमा वक्तृत्वकला, अन्तरक्रिया र सहायक सामाग्री वितरण गरी दिवस मनाइएको हो ।

हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने मुल नाराका साथ भएको विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगितामा शंकर माध्यमिक विद्यालयका रमेश सुन्दास प्रथम, सोही विद्यालयकी टुका रोकाय द्धितिय, आदर्श माध्यमिक विद्यालयका बिकल्प घर्ती तृतीय र सोही विद्यालयका प्रदिप कुमालले सान्त्वना स्थान प्राप्त गरेका छन् ।विजेताहरुलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँमा २५ प्रतिशत करकट्टी गरी पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा निर्णायकको भुमिका बासुदेव खनाल, गोमा पन्थी, देवा खनाल र अनिल अधिकारीले निभाएका थिए ।

कार्यक्रममा राष्ट्रिय अपाङ महासंघ लुम्बिनी प्रदेशले उपलब्ध गराएको सरसफाई तथा स्वच्छता सम्बन्धी सामाग्री १३ जना अपाङता भएका व्यक्तिहरुलाई प्रदान गरिएको थियो भने ७७ जना अपाङता भएका सहभागीहरुलाई प्रति व्यक्ति २ सय का दरले यातायात खर्च समेत उपलब्ध गराइएको थियो ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा राष्ट्रिय अपाङ महासंघ लुम्बिनी प्रदेशका सचिव होमनाथ अधिकारी, राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, आदर्श नमुना माविका दृष्टिविहिन शिक्षक चोलाराज पण्डित र रेडियो राप्तीका कार्यक्रम उत्पादन तथा विज्ञापन शाखा प्रमुख विरेन्द्र गिरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्वागत मन्तव्य महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवनकुमारी जिसी मन्तव्ये कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे