घुमुवा ब्यापार बन्द गर्न माग गर्दै तुलसीपुरमा प्रदर्शन



घुमुवा ब्यापार बन्द गर्न माग गर्दै तुलसीपुरमा प्रदर्शन

तुलसीपुर ७ कार्तिक । भ्याट र पान नम्बर नलिएर ब्यबसाय गरिरहेका घुमवा ब्यापारीलाई रोक्नुपर्ने माग राख्दै तुलसीपुरमा प्रदर्शन गरिएको छ । घुमुवा ब्यापार तत्काल बन्द गर्न माग गर्दै प्लाष्टिक ब्यबसायीहरुले आज तुलसीपुर बजारमा प्रदर्शन गरेका हुन ।

घुमुवा व्यापारीहरुले लुकिछिपी गाउँगाउँमा गई व्यवसाय गरिरहेको भन्दै तत्काल रोक्न माग गर्दै बजारमा मोटरसाईकल ¥यालिको आयोजना गरिएको प्लाष्टिक उपसमितिका सयोजक घनश्याम भुसालले जानकारी दिए ।

यसैबच तुलसीपुर उद्योग बणिज्य संघले त्यस्तै सबै व्यवसायीहरुलाई तत्काल संघमा दर्ता गर्न आब्हान गरेको छ । बाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसे र महासचिब बिनिल केसीले बिज्ञप्ती जारी गर्दै खुल्ला रुपमा ब्यापार गरिरहेका व्यवसायीहरुलाई अनिबार्य रुपमा संघमा दर्ता गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे