सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते



सुर्खेतको कट्कुवा सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते

सुर्खेत ६ कार्तिक । सुर्खेतको वीरेन्द्रनगर–७ मा रहेको कट्कुवा सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । कट्कुवा सामुदायिक वनमा बिहान भएको बम विस्फोटमा परेर घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षकी लीला नेपाली र उहाँका भाइ १४ वर्षका नरेश नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते दुवै जनाको देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे