महदेवा स्थित खौरा खोलाले जिप बगायाे, पाँच जनाले हाम फालेर ज्यान जोगाए



महदेवा स्थित खौरा खोलाले जिप बगायाे, पाँच जनाले हाम फालेर ज्यान जोगाए
देउखुरी ३ कार्तिक । दाङ देउखुरीकाे गढवा गाउँपालिका– २ महदेवा स्थित खौरा खोलाले जिप बगाउँदा पाँच जनाले हाम फालेर ज्यान जोगाएका छन्। राती करिब ११ बजे बा १७ च ५३४४ नम्बरको जीप गढवाबाट पोखरातर्फ जाँदै गर्दा खोलामा आएको बाढीले बगाएको हो । प्रहरी घटनास्थलमा पुग्नुअघि गाडीबाट पाँचजना यात्रु सकुशल निस्किसकेका थिए ।
यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत नर्ती र लमहीको बीचमा पर्ने मजगाउँमा पर्यटक बोक्ने बा १ प १३३८ नम्बरको बस दुर्घटनामा परेको छ। बस चिप्लिएर सडक किनारामा पल्टिएको छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चालक र सहचालकमात्रै रहेको बस यात्रु लिन जाँदै गर्दा दुर्घटनामा परेको हो।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे