लगातारको वर्षाले ठाउँ ठाउँमा पहिराे जाँदा भालुवाङ–प्युठान सडक खण्ड सडक अवरुद्ध



लगातारको वर्षाले ठाउँ ठाउँमा पहिराे जाँदा भालुवाङ–प्युठान सडक खण्ड सडक अवरुद्ध

भालवाङ १ कार्तिक । गएराति देखि परेकाे अविरल वर्षाका कारण  भालवाङ प्यूठान सडक खण्ड अबरुद्ध भएको छ । लगातारको बर्षाको कारण करिब ७ बढी ठाउँमा पहिरो गएको छ । पहिरो जाँदा सडक अबरुद्व भएको हो।

भालुवाङ प्यूठान  सडक खण्ड अन्तर्गतको गर्जेनी , खहरेखोला लगायतको बिभिन्न ठाउँमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

सरुमारानी गाउँपालिकाको बड्डाडा देखि प्यूठान तर्फका सडक अबरुद्ध हुदा जिल्ला भित्रने र बाहिरिने गाडीहरु बिचमै रोकिएका छन । यहाँ पानी पर्ने बित्तिकै पहिरो झर्ने र सवारी आवागमन अवरुद्ध हुने गरेको छ ।

पछिल्लो समय मुख्य सडकसंग जोडेर खनिएका शाखा सडकबाट पानी पर्ना साथ ढुङगा माटो सहितको लेदो मुख्य सडकमा आउने गरेको छ। अहिले जेसिबी मार्फत पहिरो पन्छाउने कार्य भइरहेको प्यूठान प्रहरी प्रमुख सुनिल मल्लले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे