LISTEN LIVE RADIO

मुसोट खोलाको कटान नियन्त्रण गर्न धमाधम तटबन्ध, गाउँमै काम पाउदा श्रमिक खुसी



मुसोट खोलाको कटान नियन्त्रण गर्न धमाधम तटबन्ध, गाउँमै काम पाउदा श्रमिक खुसी

भालुवाङ ३० असोज । घोराही उपमहानगरपालिका वडा नं. ३ मुसोट खोलाले बाटो र खेतीयोग्य जमिन कटान गर्न थालेपछी कटान नियन्त्रणको लागी लुम्बिनी प्रदेश सभा सदस्य  रेवतीरमण शर्माको पहल र सिफारिसमा भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरले दश लाख रुपैयाँको बजेट स्विकृती गरेको हो । अहिले तटबन्धको काम धमाधम रुपमा भैरहेको छ ।

सोही बजेटबाट तटबन्ध गर्ने काममा स्थानीय नागरिकलाई मजदुरको रुपमा सहभागी गराइएको छ । कोभिड–१९ का कारण ज्याला मजदुरी गर्न गाउँ भन्दा बाहिर जान नसकेकाहरुलाई गाउँमै काम उपलब्ध गराइएको हो ।

दैनिक एक जनाले ५ सय रुपैयाँ देखी ६५० रुपैयाँ सम्म दैनिक ज्याला पाउछन् । यो काममा गाउँका ६३ जना सहभागी भएका छन् ।‘कोरोनाले गर्दा उत्पन्न भएको आर्थीक संकटबाट पार पाउन गाउँमै रोजगारी र कामको अवसर सृजना गर्न जरुरी छ’शर्माले भन्नुभयो,‘मानिसबाट गर्न सकिने काम मानिसको प्रयोग अनिवार्य गर्नुपर्छ । यसले गाउँमा रोजगारीको अवसर सृजना गर्छ ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयको दश लाख बजेटबाट मुसोट खोलामा भैरहेको तटबन्धको अनुमगन गरिएको छ । प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्मा, भू तथा जलाधार व्यवस्थापन कार्यालयका सहायक संरक्षण अधिकृत महेन्द्र चौधरी लगायतको टोलीले स्थलगत रुपमा अनुगमन गरेको हो ।

तटबन्ध तिब्र रुपमा भैरहेको छ । सम्झौता भएको अर्काे दिनबाट सुरु गरिएको तटबन्धले मुसोट खोला–बसेरी जोड्ने सडकलाई जोगाउने छ । तटबन्धमा समुदायका नागरिकलाई श्रमिकको रुपमा परिचालन गरिएको छ । जसले गर्दा तटबन्धको कामले गति लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे