साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्ने



साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्ने

काठमाण्डाै २८ असाेज । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएको छ ।

हिजो भएको खेलमा बङ्गलादेशसँग एक/एक गोलको बराबरी गर्दै नेपाल फाइनलमा पुगेको हो भने भारतले माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

फाइनल खेल पर्सि बेलुका पौने ५ बजे हुनेछ। नेपाल पहिलो पटक फाइनलमा पुगेको हो भने भारत सात पटकको विजेता हो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल १३ औं संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुगेको छ ।

नेपालका लागि खेलको ८८ औं मिनेटमा पेनाल्टीमार्फत अञ्जन विष्टले गोल गरेका थिए  । पहिलो पटक फाइनल पुगेको नेपालले चार खेलमा ७ अङ्क जोडेको छ । भारतको भने ८ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे