LISTEN LIVE RADIO

उद्यमशिलता विकास अहिलेको आवश्यकताः शर्मा



उद्यमशिलता विकास अहिलेको आवश्यकताः शर्मा
लमही ४ असाेज । लुम्बिनी प्रदेश सभा सदस्य  रेवतीरमण शर्माले उद्यमशिलता विकास अहिलेको आवश्यकता भएको बताएका छन् । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगत लमही नगरपालिकाले सोमवार लमहीमा आयोजना गरेको विभिन्न तीन ओटा तालिम समापन कार्यक्रमलाई सम्वोधन गर्दै उनले धन सम्पत्ति भन्दा ठूलो सम्पत्ति सिप भएकाले सिप सिकेर स्वरोजगार बन्न सकिने बताएका हुन् ।
‘तपाई संग धेरै धन सम्पत्ति छ । तर, हातमा सिप छैन भने भएको सम्पत्ति सकिन सक्छ’उनले भने–‘धन सम्पत्ति केही छैन् । तर, हातमा सिप छ भने त्यो सिपले धन सम्पत्ति आर्जन गर्न सघाउछ ।’ सिप सिकेर त्यसलाई व्यवहारमा लागुगर्न उनले आग्रह गरे । युवा जनशक्ति वेरोजगार बस्नुपर्ने अवस्ताको अन्त्य गर्न, आर्थिक, सामाजिक रुपले पछाडी परेको क्षेत्रलाई विकासको मुलधारमा ल्याउन मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम लागु गरिएको उनले जानकारी दिए ।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले युवाहरुलाई दक्ष बनाएर रोजगारको सृजना गर्नेगरी काम भैरहेको बताए ।‘हामीले जे बोलेका छौं । त्यो पुरा गरिरहेका छौं । जनताको मागको आधारमा कार्यक्रम बनेका छन’उनले भने–‘रोजगारीको लागी सिप चाहिन्छ । हामीले सिप दिएका छौं ।’
कार्यक्रममा उप–प्रमुख देवका बेल्वासले नगरको समृद्धिको आधार युवाहरु रहेको बताए । कार्यक्रममा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम सिफारिस समितिका सदस्य भानु जोशी, शुसीला शर्मा, तालिम सञ्चालनमा प्राविधिक सहयोग गर्ने संस्थाको तर्फबाट ठाकुर घिमिरे लगायतले मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण फोकल पर्सन भवानी गिरीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे