LISTEN LIVE RADIO

देउखुरीको गढवामा पहिलो पटक जिम एण्ड फिटनेश सेन्टर सञ्चालन



देउखुरीको गढवामा पहिलो पटक जिम एण्ड फिटनेश सेन्टर सञ्चालन

देउखुरी ४ असोज । देउखुरीको गढवामा पहिलो पटक जिम एण्ड फिटनेश सेन्टर संचालनमा आएको छ । सञ्चालक प्रसान्तसिंह डिसीको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडा नं. ६ का अध्यक्ष बालचन्द्र ठकूरी हमालले सोमवार फिटनेश सेन्टरको उद्घाटन गरेका हुन् ।

जिम एण्ड फिटनेश सेन्टरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष यादवले मानव स्वास्थ्यका लागि उपयोगी यो सेण्टर गाउँपालिकाको एक महत्वपुर्ण गहना भएको भन्दै पालिकाको तर्फबाट सकारात्मक सहयोग रहने बताए । कार्यक्रममा वडा अध्यक्ष हमालले गढवा क्षेत्रमै पहिलो पटक जिम हाउस संचालनमा आएकोमा गढवाबासी सबैको गर्भको बिषय भएको बताए

जिम सेन्टरमा सबै उमेर समूहका महिला, पुरुषहरुका लागि जिम तथा शारीरिक ब्यायामका लागि सबै खालका एकसय बढी सामाग्रीहरु रहेको पाइएको छ । सबै खाले जेनेरेशनका लागि उपयोगी होस भनेर ब्यायामका लागि बिभिन्न प्रकारका सामानहरु ल्याएका छौं–संचालक खिमबहादुर बुढा मगरले बताए । युगको आवश्यकतालाई बोध गदै दक्षिण देउखुरी क्षेत्रमै पहिलो पल्ट जिम सेन्टर संचालनमा ल्याएका छौं । तिन प्रकारका प्याकेजमा सुविधा प्रदान गर्ने योजना बनाएका छोै–संचालक प्रसान्त सिंह डिसीले भने ।

दक्षिण देउखुरी क्षेत्रमा पहिलो पल्ट ठूलै लगानीमा सुरुवात गरिएको उक्त जिम सेन्टरको संचालकमा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर र युवा उद्यमी प्रसान्त सिंह डिसी रहेका छन् । बिहान ५ देखि ९ सम्म र बेलुका ४ देखि ९ बजे सम्म खुल्ने सो फिटनेश सेन्टरमा तिन प्याकेजका शुल्कको कार्यक्रम तय गरिएको छ । जस अनुसार तिन महिने प्याकेजका लागि प्रबेश शुल्क सहित ४ हजार ६ सय शुल्क रहे पनि १ हजार १ सय छुट गरि कुल शुल्क ३ हजार ५ सय रहेको छ ।

त्यस्तै ६ महिने प्याकेजमा १ हजार प्रबेश शुल्क सहित ८ हजार २ सय रहेको र १ हजार ७ सय छुट गरि जम्मा ६ हजार ५ सय शुल्क रहेको छ भने एक बर्षे प्याकेजमा १ हजार प्रबेश शुल्क सहित १५ हजार ४ सय शुल्क रहेकोमा ३ हजार ४ सय छुट गरि जम्मा १२ हजार शुल्क रहेको संचालकद्धयले जानकारी दिए । उद्योगले गढवा गाउँपालिकाबाट बैधानीक मान्यता प्राप्त गरेको र आन्तरिक राजश्व कार्यालयमा जाने तयारी भैरहेको संचालकले बताए ।

उद्घाटन कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोखे्रल, निवर्तमान अध्यक्ष रविलाल आचार्य, रेडक्रस उपशाखाका उपसभापति कोकिला शाही, चेतनशिल महिला समाज केनद्रका अध्यक्ष सकुन्तला डिसी, खेल प्रशिक्षक किरण पौडेल र जिम हाउसका प्रशिक्षक राजेश यादव लगायत स्थानीय समाजसेवी र ब्ववसायीहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे