LISTEN LIVE RADIO

नेपाली काँग्रेसको राप्ती गाउँपालिकाका तीनवटै मतदान केन्द्रमा निर्वाचन शुरु



नेपाली काँग्रेसको राप्ती गाउँपालिकाका तीनवटै मतदान केन्द्रमा निर्वाचन शुरु

भालुवाङ २१ भदौ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत दाङमा आज निर्वाचन भइरहेको छ । निर्विरोध निर्वाचित हुन नसकेका वडाहरुमा आज निर्वाचन भइरहेको नेपाली काँग्रेस दाङले जनाएको छ ।

यस हिजो भने दाङका ५० बढीहरुमा वडा समिती र क्षेत्रिय प्रतिनिधि समेत निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समिती दाङले जनाएको छ । जसअन्र्तग दाङ—देउखुरीको राप्ती गाउँपालिकाको तीनै वटै निर्वाचन केन्द्रमा आज बिहान ९ बजेबाट मतदान शुरु भएको छ ।

राप्ती गाउँपालिकाको वार्ड नम्बर १, २ र ४ मा मतदान भइरहेको नेपाली काँग्रेस राप्ती गाउँपालिका कमिटीले जनाएको छ । यता राप्ती गाउँपालिकाको वार्ड नम्बर २ मा ६ जना खुल्ला क्षेत्रिय प्रतिनिधिका लागि १० जनाको उम्मेदवारी परेपछि मतदान गर्न लागिएको २ नम्बर वडाका मतदान अधिकृत रमेश कडेलले जानकारी दिएका छन् । उक्त वडामा १ सय २४ जना मतदाता रहेका छन् ।

त्यसैगरी राप्ती गाउँपालिकाको वार्ड नम्बर १ मा भने प्राविधिक कारण तयारी पुरा नभएको भन्दै निर्धारित निर्वाचन तालिका भन्दा डेढ घण्टा ढिला गरी करिब साढे १० बजेबाट मतदान शुरु भएको छ । उक्त वडामा दलित, खुल्ला महिला र खस आर्य तर्फ ६ जना क्षेत्रिय प्रतिनिधिका लागि १० जनाको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको १ नम्बर वडाका मतदान अधिकृत गोबिन्द कँवरले जानकारी दिए । उक्त वडामा १ सय २० जना मतदाताहरु रहेको छ ।

त्यसैगरी राप्ती गाउँपालिकाको वार्ड नम्बर ४ मा भने क्रियाशिल सदस्यहरुको आपसी सहमतिमा निर्धारित निर्वाचन तालिका भन्दा एक घण्टा ढिला गरी १० बजेबाट मतदान शुरु भएको छ । उक्त वडामा पनि ६ जना क्षेत्रिय प्रतिनिधिका लागि ९ जनाको उम्मेदवारी परेपछि निर्वाचन हुन लागेको ४ नम्बर वडाका मतदान अधिकृत गोबिन्दराज सुवेदीले जानकारी दिए । उक्त वडामा १ सय १२ जना मतदाताहरु रहेको छ ।

मतदानस्थलहरुमा मतदाताहरु उत्साहित रुपमा सहभागि भएका छन् । मतदान बेलुका ४ बजे सम्म चल्ने र मतदान सकिए लगतै मतगणना शुरु गरी ढिलामा एक घण्टा भित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने मतदान अधिकृतहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे