स्थायी पार्किङको व्यबस्था हुनुपर्ने अटो चालकको स्थानीय सरकार सँग माग



स्थायी पार्किङको व्यबस्था हुनुपर्ने अटो चालकको स्थानीय सरकार सँग माग

श्रवण बस्नेत, लमही २८ असोज ।

स्थायी रुपमा पार्किङ ब्यबस्था हुनुपर्ने अटो चालकहरुले स्थानीय सरकार सँग माग गरेका छन् । उनीहरुले लमही नगरपालिकाले अस्थायी रुपमा तीन वटा ठाउँमा पार्किङ गर्ने ब्यबस्था मिलाएको छ । २०७३ साल देखि आफुहरुले पार्किङ ब्यबस्था हुनुपर्ने माग सहित ३ पटक डेलिगेसन गएपनि कुनै पनि चाँसो नगरपालिकाले नदिएको लाली गुराँस टेम्पो यातायात प्रालिका अध्यक्ष तिर्थराज पोख्रेलले बताए ।

हामीहरुले ५÷६ लाखमा गाडी किन्ने गर्छाैं । राज्यलाई राजश्व पनि बुझाउछौ तर हामीलाई स्थानीय सरकारले एउटा पार्किङको ब्यबस्था पनि गरिदिन नसक्दा हामी अति दुखी छौ , तर पनि अब अझ सशक्त भएर अवाज उठाउन तर्फ भने कहिले पनि छोड्दैनौ अध्यक्ष पोख्रेलले भने ।

लमहीमा दुई वटा यातायात प्रालि रहेका छन । ती दुर्इ वटा प्रालिमा झन्डै २०० अटोहरु रहेका छन् भने दर्ता नभएका पनि १५÷२० वटा रहेका छन् । सुनौलो देउखुरी र लाली गुराँस यातायात प्रालि रहेको छ । २०७३÷०७६ सालमा स्थापना भएका हुन । अहिले उनीहरुले लमही बजारका तीन वटा ठाउँमा पार्किङ गर्ने ब्यबस्था मिलाएका छन् । उनीहरुले हाइवे चोक, धमलाको बोट र लमही बसपार्क अगाडीको खाली ठाउँ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे