LISTEN LIVE RADIO

शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुको लागि अनलाइन विधीद्धारा यौनीकता शिक्षा तालिम



शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुको लागि अनलाइन विधीद्धारा यौनीकता शिक्षा तालिम

विरेन्द्र गिरी, कपिलवस्तु २८ असोज ।

नेत्रहिन युवा संघ नेपालको केन्द्रिय कर्मचारी निरु महर्जनको पहलमा आयोजित शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुका लागि अनलाइन विधिबाट यौनीकता शिक्षा तालिम रुपन्देहीमा सम्पन्न भएको छ । १३ बर्ष देखि २५ बर्ष उमेर समूहका व्यक्तिहरुलाई तीन दिन सम्म बृहत यौनीकता शिक्षा तालिम प्रदान गरिएको छ ।

तालिमको आयोजना नेत्रहीन युवा संघ नेपाल र ब्यब्स्थाप नेत्रहिन युवा संघ रुपन्देहीले गरेको थियो । रुपन्देही जिल्ला अध्यक्ष टिकाराम पौडेलको अध्यक्षता र तालिम सहजीकरण सहजकर्ता किशोर आचार्य र रिता शाहीले गरेका थिए । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।

तालिममा यौन, यौनिकता, लैङ्िगकता साथै बृहत यौनिकता शिक्षा र त्यसका आठ वटा पक्षहरुको बारेमा सहजीकरण गरिएको थियो । तालिममा सहभागी रितु खनालले तालिमको समय कम भएको र सिकाउन पर्ने बिषय बढी रहेको तर पनि कम समयमा धेरै ज्ञान पाइएको जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे