LISTEN LIVE RADIO

राप्ती नदीमा दाउरा टिप्न गएकी चौधरी बेपत्ता, नदीको बीचमा फसेका केहीको उद्दार कार्य जारी



राप्ती नदीमा दाउरा टिप्न गएकी चौधरी बेपत्ता, नदीको बीचमा फसेका केहीको उद्दार कार्य जारी

देउखुरी २८ साउन । राप्ती नदिमा दाउरा टिप्ने क्रमममा बगेर बिहीबार एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा गढवा गाउँपालिका वडा नं. ३ का ४५ बर्षीय टेकरानी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नदीको बीचमा फसेका केहीको उद्दार भैरहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूवाङ्गले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार दिउसो सूचना जारी गर्दै राप्ती नदिमा पानीको बहाव खतराको नजिक रहेको भन्दै तटिय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन भन्दै दाउरा नटिप्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे