LISTEN LIVE RADIO

प्युठानको स्वर्गद्वारी मन्दिर परिसरमा भक्तजनहरुलाई प्रवेशमा निषेध



प्युठानको स्वर्गद्वारी मन्दिर परिसरमा भक्तजनहरुलाई प्रवेशमा निषेध

प्यूठान २१ साउन । प्युठानको स्वर्गद्वारी मन्दिर परिसरमा भक्तजनहरुलाई प्रवेशमा निषेध गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पवित्र तीर्थस्थल स्वर्गद्धारी लगाएत जिल्लाका मठ मन्दिर तथा धार्मिक स्थलहरूमा नृत्य पूँजा बाहेक सबै प्रकारका धार्मिक क्रियाकलपहरूमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन ।

छिमेकी मुलुक भारतबाट दर्शनार्थी आउने क्रम बढ्दा जोखिम बढ्न सक्ने आंकलन गर्दै उक्त निर्णय लिइएको भुसालको भनाई छ । स्वर्गद्वारीमा आन्तरिक पर्यटक संगै भारतको बलरामपुर, सुनौली, गोन्डा आसपासका जिल्लाबाट दर्शनार्थी आउने गरेको स्वर्गद्वारी आश्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे