LISTEN LIVE RADIO

तुलसीपुरमा चार वर्षको अवधीमा भएका गौरवपुर्ण कामहरु सार्वजनिक



तुलसीपुरमा चार वर्षको अवधीमा भएका गौरवपुर्ण कामहरु सार्वजनिक

तुलसीपुर १५ साउन । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधी आएको चार वर्षको अवधीमा भएका नमूना कामको संगालो (समृद्ध तुलसीपुर) नामक पुस्तक विमोचन गरेको छ ।एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यको अध्यक्षता तथा नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार, राजनितिक दलका प्रतिनिधी, अधिकारकर्मी, जनप्रतिनिधि, सरोकारवाला व्यक्तिहरुको सहभागितामा पुस्तक बिमोचन गरिएको हो ।

विशेषगरी सडक,शिक्षा,स्वास्थ्य,सिचाईलाई प्राथमिकता दिएर आफुहरुले काम गरेको बताए । यस्तैगरी उपमहानगरले चार बर्षको अवधिमा खरको छानामुक्त अभियान,सुत्केरी भत्ता, स्मार्ट छोरी कार्यक्रम, विमानस्थल नियमित सञ्चालन, आधुनिक बसपार्क सञ्चालन,अटोभिलेजको ब्यवस्थापन जस्ता महत्वपुर्ण काम गरेको नगरप्रमुख पाण्डेले बताए ।

यसका साथै तुलसीपुर मेट्रो कलेज, मेट्रो अस्पताल सञ्चालन र नियमित हवाई सेवा तथा ईन्धन डिपो स्थापना पनि यहाको गौरवपुर्ण काम भएको उनले बताए । यहाको शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, उद्यम, संस्कृति, पर्यटन, खेलकुद, सिचाईले स्मार्ट सिटिलाई पछयाएको उनले बताए ।

सोहि अवसरमा समृद्ध तुलसीपुर पुस्तक विमोचन गर्दै महिला अधिकारकर्मि शुष्मा गिरीले सबै क्षेत्रमा भएको गौरवपुर्ण कामको प्रशसा गर्नुभएको थियो ।उपमहानगरको स्मार्ट सिटि अवधारणा अनुसार के कति प्रगति भए यो सबैको चासो विषय बनेको छ ।

नागरीकको जिवन शैलीमा परीवर्तन देखि लिएर गुणस्तरीयतामा ध्यान दिदै २५ बर्षिय रणनितिक योजनाहरुले महत्वपुर्ण भुमिका खेल्ने नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले बताए ।

कार्यक्रममा नेकपा एमाले दाङका सचिवालय सदस्य बिनोद शर्मा,नेपाली कांग्रेसका क्षत्रीय सभापति जगत खड्का, राष्ट्रिय जनमोर्चाका शुक्रराज भण्डारी, नेकपा माओवादी केन्द्रका सेशुराम भण्डारी,जनता समाजवादी पार्टीका जिवन भण्डारीले पुस्तकले तुलसीपुरलाई चिनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउँदै आगामी दिनमा संविधानले परिकल्पना गरे अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले समृद्ध समाज निमार्णका लागि निजी स्वामित्वको अन्त्यसगै सरंचनात्कम सुधार गरेर अर्थनिनिलाई बलियो बनाउन सकेमा मात्र तुलसीपुरलाई स्मार्ट सिटीका रुपमा चिनाउन सकिने बिस्वास व्यक्त गरे । उपमहानगरपालिकाका प्रसासकीय अधिकृत भाष्करराज गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रवक्ता श्याम डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे