देउखुरीकाे धानखोलाबाट ठुलो मात्रामा अबैध लागु औषध सहित २ जना पक्राउ



देउखुरीकाे धानखोलाबाट ठुलो मात्रामा अबैध लागु औषध सहित २ जना पक्राउ

भालुवाङ ७ साउन । अबैध लागु औषध (चरेश) ९ केजी ९३० ग्राम सहित २ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बाग्लुङ निसिखोला गाँउपालीका वडा नं. १ वस्ने वर्ष २१ का सुदिप सिंजाली मगर र बाग्लुङ बरिगाड गाँउपालीका वडा नं. २ वस्ने वर्ष ३० का रेमवहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

साउन ६ गते अपरान्ह अन्दाजी ३ बजेको समयमा गढवा गाउँपालिका वडा नं. १ धानखोला स्थित हुम्ला रलिङ्ग होटलमा लागु औषध (चरेश) को कारोवार भई रहेको भन्ने गोप्य सुराकीको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रमा लिएर खानतलासी गर्दा सेतो प्लाष्टिकमा बेरी ईट्टा आकारको लागु औषध ( चरेश) जस्तो देखिने कालो पदार्थ थान-२० फेला परेको प्रवक्ता रिजालले जानकारी दिए।

दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको छ । लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद-३ को दफा १४ को खण्ड (घ) को ४ मा भएको व्यवस्था वमोजिम दुई किलो ग्राम देखी दश किलो ग्राम सम्मको परिमाण भए एक वर्ष देखी ३ वर्ष सम्म कैद र पाँच हजार रुपैया देखी पच्चिस हजार रुपैया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे