लकडाउनको मौका छोपी देउखुरीमा घरभित्रै राखेकाे माेटरसाइकल चाेरी



लकडाउनको मौका छोपी देउखुरीमा घरभित्रै राखेकाे माेटरसाइकल चाेरी

भालुवाङ ९ जेठ । लकडाउनको मौका छोपी देउखुरीमा मोटरसाइकल चोरीका घटना बढ्न थालेका छन् । यता गए राती देउखुरीको राप्ती गाउँपालिका—३ खुरुरियाका रितु चौधरीको घरभित्रबाट मोटरसाइकल चोरी भएको छ ।

चौधरीले घरभित्र राखीराखेको रा ६ प ५२४० नम्बरको १२५ सिसीको कालो रंङ्गको बजाज कम्पनीको पल्सर मोटरसाइकल चोरीको बताएका छन् । चौधरीले मोटरसाइकल चोरी भएपछि आज बिहान रेडियो राप्तीको कार्यालयमा आई मोटरसाइकल चोरी भएको जानकारी दिएका छन् । उनले तत्काल मोटरसाइकल खोजी कार्य गरिदिन र चोरलाई पत्ता लगाई कानुनी कार्वाही गर्न माग समेत गरेका छन् ।

साथै चौधरीले मोटरसाइकल भेटाएर खबर गर्नेलाई आकर्षक पुरुस्कार समेत उपलब्ध गराउने बताएका छन् । यस्तै केही दिन पहिले पनि देउखुरीको लालमटियामा घर अगाडी पाकिङ्ग गरिराखेको मोटरसाइकल समेत चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे