दाङमा आगलागी हुँदा दुई घर जलेर पूर्णरुपमा नष्ट, ७ लाख बराबरको क्षति



दाङमा आगलागी हुँदा दुई घर जलेर पूर्णरुपमा नष्ट, ७ लाख बराबरको क्षति

दाङ ९ जेठ । दाङमा आगलागी हुँदा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । दंगीशरण गाउँपालिका २, सरुवाडाँडा निवासी बसन्त शाहीको घरमा आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको हो ।

शनिबार दिउँसो साढे एक बजेतिर अचानक लागेको आगोले ६ वटा बाख्रासहित एउटा कुखुरा फमसहित दुई घर जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयले जानकारी दिएका छन् । आगो लाग्नुको कारण नखुलेपनि विद्युतको तार सर्ट भएर आगो लागेको हुन सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे