नदीजन्य पदार्थ दोहनका विषयमा नागरिक समाजको ध्यानाकर्षण



नदीजन्य पदार्थ दोहनका विषयमा नागरिक समाजको ध्यानाकर्षण

देउखुरी ३ जेठ । केही दिन देखि राप्ती नदीमा नदीजन्य सम्पदामा मापदण्ड पालना नगरी दोहन भएको समाचारहरु आइरहेको प्रति नागरिक समाजको ध्यानाकर्षण भएको छ । नागरिक समाज देउखुरीका सल्लाहकार नीमबहादुर थापाले एक विज्ञप्ती जारी गरी ध्यानाकर्षण गराएका छन् ।

नीति नियम र मापदण्ड पालना गराउने काम सरकारको हो । यस्ता विषयमा कयौं स्थानहरुमा सरोकारवालाहरु संग समन्वय गरी अनुगमन समिति बनाएर मापदण्ड पालना गराउने गरिन्छ र यहाँ पनि होला । तर यहाँ भालुवाङ क्षेत्रमा नागरिक स्तरबाट स्वस्पूmर्त गठन भएको राप्ती बचाउ अभियान समितिले अनुगमन गरेर प्रत्यक्ष शब्द दृष्यसहित गत तीन दिनदेखि समाचार प्रसारण गरिरहेको छ ।

दुर्भाग्य यो आवाज ठिकबेठिक के हो त ? कुनै निकायबाट अवलोकन नभएको प्रति नागरिक समाजको ध्यानाकर्षण भएको छ । कोविड महामारीका कारण हुनसक्छ तर यस्तै मौसम छोपेर दुरुपयोग बढेको हुनसक्छ भन्ने कुरातर्फ पनि सम्बन्धित निकायको ध्यान पुगोस, र नागरिकको आवाज सुन्ने निकाय पनि छ भन्ने अनुभूति नागरिकलाई गराइयोस् नागरिक समाज सम्बन्धीत निकायलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे