२४ घण्टामा ९ हजार २ सय ४७ जनामा काेराेना सङ्क्रमण, थप २ सय १४ जनाकाे ज्यान गयाे



२४ घण्टामा ९ हजार २ सय ४७ जनामा काेराेना सङ्क्रमण, थप २ सय १४ जनाकाे ज्यान गयाे

काठमाण्डाै ३ जेठ । गएकाे २४ घण्टामा नेपालमा नौ हजार दुई सय ४७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार एक सय ९८ जना र चार सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ६४ हजार दुई सय १८ पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी दुई सय १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार दुई सय १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ६७ जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ४५ हजार पाँच सय २३ पुगेको छ । अहिले नेपालमा एक लाख १३ हजार चार सय ८० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे