LISTEN LIVE RADIO

पछिल्लाे २४ घण्टामा दाङमा एक वडाध्यक्ष, वडा सदस्य र प्रध्यानाध्यापक सहित १० जनाको मृत्यु



पछिल्लाे २४ घण्टामा दाङमा एक वडाध्यक्ष, वडा सदस्य र प्रध्यानाध्यापक सहित १० जनाको मृत्यु

दाङ ३ जेठ । पछिल्लाे २४ घण्टामा दाङमा पछिल्लाे २४ घण्टामा दाङमा एक वडाध्यक्ष, वडा सदस्य र प्रध्यानाध्यापक सहित १० जनाको मृत्यु भएको छ । साेमबार मृत्यु हुनेमा दंगीशरणका एक वडाध्यक्ष, तुलसीपुरका एक वडा सदस्यसहित अन्य ३ जनाको मृत्यु भएको हाे ।

यस्तै घोराहीका ३ जना, लमहीका एक जना र राप्तीका १ जनाको मत्यु भएको छ । दंगीशरण गाउँपालिका वडा नंम्वर ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ बर्षको उमेरमा  मृत्यु भएको गाउँपालिकाका प्रबक्ता विरबहादुर ओलीले जानकारी दिएका छन् । उनका अनुसार कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आज मध्यान्न १२ बजेतिर मत्यु भएको हो ।

यस्तै तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १३ का वडा सदस्य केशरलाल चौधरीको गएराती ११ बजे ४४ वर्षको उमेरमा मृत्यु भएको छ । लामो समय देखि जण्डीस रोगबाट ग्रसित चौधरीको उपचारको क्रममा मृत्यु भएको कार्यबाहक वडा अध्यक्ष बिनोद पाण्डेले जानकारी दिए ।

उता देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा रहेको नवप्रतिभा आधारभुत विद्यालयका ५५ वर्षिय प्रध्यानाध्यापकको मृत्यु भएको छ । राप्ती गाउँपालिका १ निवासी प्रध्यानाध्यापक मानबहादुर कुमालको उपचारका क्रममा गएराति ११ बजे पाल्पामा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन् ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत घोराही १० का ६१ वर्षिय पुरुष, वडा नंम्वर १४ का ७२ वर्षिय महिला, तुलसीपुर १४ का ५४ वर्षिय पुरुष र लमही ५ का ५५ वर्षिय पुरुषको मृत्यु भएको छ ।

यस्तै कोरोना विशेष अस्पलात बेलझुण्डीमा उपचार गराई रहेका घोराही १० का ६० वर्षिय महिला, तुलसीपुर ६ का ४ वर्षिय महिला र तुलसीपुर १ का ५५ वर्षिय पुरुषको कोरोनाकै कारण आज मृत्यु भएको हो । यो संगै बैशाख १ गते यता अहिलेसम्म जिल्लमा संक्रमणका कारण १ सय २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे