दाङमा अब हप्तामा दुई दिन आईतबार र बुधबार मात्रै आबश्यक सामग्री किन्न पसल खुल्ने



दाङमा अब हप्तामा दुई दिन आईतबार र बुधबार मात्रै आबश्यक सामग्री किन्न पसल खुल्ने

दाङ १ जेठ । दाङमा अब आईतबार र बुधबार मात्रै आबश्यक सामग्री किन्न पसल खुल्ने भएका छन् । शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि प्रत्येक दिन विहान ७ देखि ८ बजेसम्म सामग्री किन्न पाईन्थ्यो । तर, यसले भीडभाड बढाएको भन्दै जेठ १ गतेदेखि आईतबार र बुधबार विहान ७ बजेदेखि ८ बजेसम्म मात्रै सामग्री किन्न पाईने व्यबस्था मिलाईएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

उनका अनुसार जिल्लामा जेठ १५ गतेसम्म लकडाउनको घोषणा गरिएको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि नरोकिएको भन्दै जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । यस अघि जेठ १ गतेसम्म लकडाउन गरिएको थियो । दाङमा वैशाख १७ गतेदेखि लकडाउन जारी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे