दाङकाे तुलसीपुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु



दाङकाे तुलसीपुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु

तुलसीपुर १ जेठ । तुलसीपुरमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । शनिबार बिहन पौने नौ बजेतिर तुलसीपुर उपमहानगरपालिका–७ झुमरे निवासी ४७ वर्षिय पुष्प श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिए । नवनिर्मित आफ्नै घरमा पानी चार्नका लागि फलामको भर्‍याङ लैजाने क्रममा थ्रिफेज लाइनमा छुइँदा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे