LISTEN LIVE RADIO

दाङमा‌ जेठ पन्ध्र गतेसम्म लकडाउन थपियाे



दाङमा‌ जेठ पन्ध्र गतेसम्म लकडाउन थपियाे

दाङ ३१ वैशाख  । दाङमा थप दुई हप्ता लकडाउन थप गरिएको छ । जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्नुकासाथै मृत्यु हुनेको संख्या पनि नरोकिएको भन्दै जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । यस अघि जेठ १ गतेसम्म लकडाउन गरिएको थियो । दाङमा वैशाख १७ गतेदेखि लकडाउन जारी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे