कोरोना संक्रमणबाट तुलसीपुर उद्योग बाणिज्य संघका सह–कोषाध्यक्ष गौतमको मृत्यु



कोरोना संक्रमणबाट तुलसीपुर उद्योग बाणिज्य संघका सह–कोषाध्यक्ष गौतमको मृत्यु

तुलसीपुर ३० बैशाख  । तुलसीपुर उद्योग बाणिज्य संघका सहकोषाध्यक्ष कमल गौतमको निधन भएको छ । कोरोना भाइरस संक्रमित गौतमको बुधबार राति मेट्रो हस्पिटल काठमाडौंमा उपचारका क्रममा ४४ बर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गोझेनी निबासी गौतम तुलसीपुर बाणिज्य संघमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिइ सहकोषाध्यक्षमा निर्वाचित भएका थिए । गौतमले यसअघि तुलसीपुर अटो भिलेजको नेतृत्वपनि गरेका थिए । युवा ब्यबसायी गौतमको निधन प्रति बिभिन्न व्यक्ति र संघ संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे