दाङमा कोरोना संक्रमणबाट एकै घरका तीन जनाको मृत्यु



दाङमा कोरोना संक्रमणबाट एकै घरका तीन जनाको मृत्यु

दाङ ३० वैशाख । दाङमा कोरोनाबाट एकै घरका तीन जनाको मृत्यु भएको छ । दाङको गढवा गाउँपालिका वडा नं. ४ निवासी उनीहरुको कोरोनाकै कारण निधन भएको त्यस क्षेत्रका सांसद ईन्द्रजित चौधरीले जानकारी दिए ।

‘दाईको कोरोना कारण मृत्यु ,भाइले आफ्नो संस्कार सहित अन्त्यष्टी ग¥यो, त्यही भाइलाई कोरोना भयो (उ मेरो संगै पढेको साथि) उसको पनि मृत्यु भयो ।’, उनले भने ‘छोराले फेरि पनि संस्कार अनुसार अन्त्यस्ती ग¥यो ।

एक मात्र त्यो छोरा लाई पनि कोरोना भयो । बेलझुण्डी भर्ना भई मलाई फोन आयो अगाडीको सबै घटना क्रम भन्दै बचेको एक मात्र सन्तान जसरी पनि बचाउनु प¥यो तपाईं संगै पढेको साथीको छोरा । त्यही दिन बेलझुण्डीमा अक्सिजन अभावमा ( आठ जना बितेको रात) त्यो साथीको छोरा पनि आठ जनामा परेछ ।’

यो घटनाले शव व्यबस्थापनमा पनि चुनौती थपिएको उनले बताए । शव व्यबस्थापनका क्रममा पनि कोरोना सरिरहेको उनको भनाई छ । ‘बैशाख ३० गते दाङ जिल्ला कोरोना संकट ब्यवस्थापन समितिको बैठक बस्दै छ’, उनले भने‘कोरोना संक्रमित लास ब्यवस्थापन बारे लापरवाही नगरोस । हामी सबैले पनि सतर्कता अपनाउन पर्यो ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे