दाङका चार सांसदले तलबभत्ता कोरोना उपचारमा खर्चिने



दाङका चार सांसदले तलबभत्ता कोरोना उपचारमा खर्चिने

दाङ ३० वैशाख । दाङका चार प्रदेश सांसदले आफ्नो तलबभत्ता कोरोना उपचारमा खर्चिने प्रतिबद्धता जनाएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले आफ्नो तलबभत्ता राज्यलाई कोरोना उपचारकालागि प्रदान गर्ने बताएका हुन् ।

लुम्बिनी प्रदेश सांसद दामा शर्मा, डिल्लीबहादुर चौधरी, शंकर गिरी र अर्जुन श्रेष्ठले राज्यको अन्य खर्चलाई कटौती गरि अक्सिजन सिलिण्डर, अस्पताल व्यबस्थापन, डक्टर तथा अन्य व्यबस्थापनमा आफ्नो तलब खर्चिने बताएका हुन् । महामारी भयाबह भएको भन्दै राज्यले अन्य खर्चलाई पनि कटौति गरि कोरोना उपचारमा लगाउनु पर्ने बताएका छन् ।

साथै दाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत भेटि दैनिक ७ सय सिलिण्डर आबश्यक पर्ने भन्दै यसलाई सहज बनाउन पहल थाल्न पनि अनुरोध गरेका छन् । साथै जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने, बेड र स्वास्थ्यकर्मीको संख्या बढाउनुपर्ने, होमआइसोलेशनमा बसेकाहरुलाई स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे