LISTEN LIVE RADIO

काम गर्ने वातावरण नै नभएपछि बाध्य भएर राजीनामा दिएकाे मुख्यमन्त्री गुरुङकाे भनाइ



काम गर्ने वातावरण नै नभएपछि बाध्य भएर राजीनामा दिएकाे मुख्यमन्त्री गुरुङकाे भनाइ

काठमाण्डौ २६ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिएका हुन् । गुरुङको राजीनामा स्वीकृत भइसकेको छ ।

राजीनामा पत्रमा गुरुङले तीन वर्षको अवधिमा प्रदेश सरकारले नागरिकले अनुभूति गर्ने गरी विकास गरेको र सम्बद्ध प्रदेश निर्माणको जग बसाएको तर स्थिरता नचाहने र विकास विरोधी तत्त्वको चलखेलका कारण राजीनामा गर्न बाध्य भएको उल्लेख गरेका छन् । यस्तै हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रबाट चुनावमा गएका दलहरूले समेत असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण काम गर्ने वातावरण नभएका कारण राजीनामा दिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे