देउखुरी उद्योग बाणिज्य संघद्धारा आफ्नो एम्बुलेन्स कोरोना अस्पताल लमहीलाई प्रदान



देउखुरी उद्योग बाणिज्य संघद्धारा आफ्नो एम्बुलेन्स कोरोना अस्पताल लमहीलाई प्रदान
दाङ २५ वैशाख । देउखुरी उद्योग बाणिज्य संघले आफ्नो एम्बुलेन्स कोरोना अस्पताल लमहीलाई प्रदान गरेको छ । लमहीको एचडीयु कोरोना अस्पतालको सम्पर्कमा आएका शंकास्पद ब्यक्तिहरुलाई कोरोना परिक्षण गर्न घोराही सम्म आउन जान सहज होस भनेर एम्बुलेन्स प्रदान गरेको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए ।
कोरोना भाइरस महामारी फैलिदै जान थालेपछी र उधोग बाणिज्य संघले एम्बुलेन्स सहयोग गरेको हो । साथै कोरोना अस्पताललाई आवश्यक पर्ने अक्सिजनको पनि उपलब्ध गराउने गरि गृहकार्य भैरहेको अध्यक्ष खनालले बताए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे