दाङमा हप्ताको दुई दिन बैंक खुल्ने (कुन बार कुन बैंक खुल्ने बिबरण सहित)



दाङमा हप्ताको दुई दिन बैंक खुल्ने (कुन बार कुन बैंक खुल्ने बिबरण सहित)

दाङ २४ वैशाख । दाङका प्रत्येक बैंक हप्ताको दुई दिन खुल्ने भएका छन् । एक हप्ता लकडाउन थपिएपछि आर्थिक कारोबारोकालागि बैंकलाई पालो अनुसार हप्ताको दुई दिन खुल्न दिईने भएको हो । शुक्रबार बसेको कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । बैंकहरु विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म खोल्न पाईने छ ।

कुनबार कुन बैंक खुल्ने भन्ने पनि टुंग्याएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । शुक्रबारको निर्णय अनुसार दाङमा जेठ १ गतेसम्म लकडाउन थपिएको छ । लकडाउन अबधीभर निम्न तालिका अनुसार नै खुल्न पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे